कहिले सकिन्छ कांग्रेस मतगणना ?


 


काठमाडाैं, फागुन २८

नेपालकाे सबैभन्दा ठुलाे पार्टी नेपाली कांग्रेसकाे १३ अाैं महाधिवेशन गत फागुन २० गतेबाट सुरू भयाे । महाधिवेशन सुरू भएकाे दुइ हप्ता हुँदासम्म अहिलेसम्म मतपरिणामा अाउन सकेकाे छैन् । सभापति, महामन्त्री र काेषाध्यक्षकाे परिणाम अाएपनि केन्द्रिय सदस्यहरू काे काे बन्छन् अहिलेसम्मा टुंगाे लाग्न सकेकाे छैन् ।

तीनदिनमा खुल्ला तर्फका पाँच सय मत मात्रै गनेर सकिएको छ। अाज आरक्षणतर्फका महिला, दलित, मधेसी र जनजाति तर्फका केन्द्रीय सदस्यको मतगणना पनि जारी छ। खुल्ला तर्फ र अारक्षण तर्फका मत गणना नेपाली कांग्रेस केन्द्रीय कार्यालय सानेपाको हलमा बेग्लाबेग्लै ठाउँमा गरिएको छ।

बिहीबार बेलुकासम्म ४ सय ३ मत गन्दा खुमबहादुर खड्काले अग्रता कायम राखेका छन्। उनले २ सय ४२ मत प्राप्त गरेका छन्। दोस्रोमा प्रकाशमान सिंह र शेखर कोइरालाको बराबर २ सय ३७ मत छ। प्रदीप पाैडेलले २ सय ३१ मत र बालकृष्ण खाँडले २ सय २६ मत पाएका छन्।

प्रकाशित मिति: २८ फाल्गुन २०७२, शुक्रबार

प्रतिक्रिया दिनुहोस्