कांग्रेस केन्द्रिय सदस्यमा काे-काे निर्वाचित भए ?


 


ccmकाठमाडाैं, चैत्र १

नेपाली काँग्रेसको खुल्ला केन्द्रीय सदस्यको मतगणना सकिएको छ। मतगणनाको अन्तमि नतिजा अनुसार काँग्रेस केन्द्रीय सदस्य डा शेखर कोइराला सबैभन्दा बढी मत ल्याएर निर्वाचित भएका छन्। दोस्रो बढी मत ल्याएर खुमबहादुर खड्का र तेस्रो बढी मत ल्याएर प्रकाशमानसिंह निर्वाचित भएका छन्।

मतगणनाको अन्तिम मतगणनाको अन्तिम नतिजा अनुसार शेखर कोइराला, खुम बहादुर खड्का, प्रकाशमान सिंह, कुलबहादुर गुरुङ, प्रदीप पौडेल, प्रदीप गिरी, धनराज गुरुङ्ग, बालकृष्ण खाँण, रमेश लेखक, पूर्ण बहादुर खड्का, महेश आचार्य, बल बहादुर के.सी., बिमलेन्द्र निधि, डा. राम शरण महत, सुजाता कोइराला, विश्वप्रकाश शर्मा, शंकर भण्डारी, एन.पि. साउद, बद्री पाण्डे, गोपाल मान श्रेष्ठ, ज्ञानेन्द्र बहादुर कार्की, चन्द्र भण्डारी, डा. प्रकाश शरण महत, डा. नारायण खडका, डा. मिनेन्द्र रिजालले जितेका छन्।  चुनाव जितेका मध्ये १४ जना देउवा पक्षका र ११ जना पौडेल पक्षका छन्।

प्रकाशित मिति: १ चैत्र २०७२, सोमबार

प्रतिक्रिया दिनुहोस्