भाईको घर जलाउने दाजु !


 


tamangभोजपुर, चैत्र ३
भोजपुरमा आफ्नै भाईको घरमा आगो लगाउने दाजु प्रकाउ परेका छन् । भोजपुर नगरपालिका २ भैसीपंखाका ५१ बर्षिय दोर्जेबहादुर तामाङलाई भाईको घर आगो लगाएको आरोपमा प्रहरीले प्रकाउ गरेको हो । तामाङले गत शनिबार राती ११ बजे घरमा आगो लगाएको आरोप लागेको छ । आगो लगाएको घरमा तामाङको आमा र भाई बस्दै आएका थिए ।

आगो लगाउने तामाङ भने अलग बस्दै आएका थिए । फुसको छानो भएको घरमा सबै सुती रहेको अबस्थामा आगो लगाई घर पुर्ण रुपमा क्षती पुर्याएको भन्ने सुचनाको आधारमा तामाङलाई प्रकाउ गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी प्रमुख डिएसपी राजकुमार लम्सालले बताए । तामाङलाई आगो लगाएको सम्बन्धी मुद्धा दर्ता गरी म्याद थप भई अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

यसैबिच गाउँमा गुण्डागर्दी गरेको आरोपमा भोजपुर नगरपालिका ४ बोखिम बस्ने संजिव विकलाई प्रहरीले प्रकाउ गरेको छ । स्थानीयवासीलार्य अनाबस्यक गालि गलौज गर्ने, धारिलो हतियार देखाई पैसा माग्ने, कुटपिट गर्दै गाउँ घरमा आतंक मच्चाउने गरेको आरोपमा विकलाई प्रकाउ गरिएको हो । उनलाई सार्वजनिक अपराध मुद्धा दर्ता गरी कानूनी कारवाही सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ३ चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्