विप्लवका नेता पक्राउ गर्न गोली प्रहार


 


रुकुम पश्चिम। रुकुम पश्चिममा विप्लव नेतृत्वको नेकपाका एक नेतालाई पक्राउ गर्न प्रहरीले गोली चलाएको छ । चौरजहारी नगरपालिका–५ सल्लाबोटबाट नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा निकट युवा संगठनका जिल्ला अध्यक्ष डिल्लीराज शर्मालाई पक्राउ गर्ने क्रममा हवाई फायर गरेको हो ।

शर्मालाई पक्राउ गर्ने क्रममा भाग्न खोजेपछि हवाई फायर गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी नायव उपरीक्षक सुमित खड्काले जानकारी दिए । शर्माले प्रहार गरेको ढुंगा लागेर एक प्रहरी जवान घाइते भएका पनि खड्काले जानकारी दिए ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्