‘सुन साइली’ गीतका चर्चित म्युजिसियनले गरे आफ्नै बुहारीको निर्मम हत्या !


 


ललितपुर : करोडौ नेपालीको मन जितेको सुन साइली बोलको गीतमा अडियो इन्जिनियरिङ गरेका उज्वल महतमाथि बिहीबार गम्भीर आरोप लागेको छ। उनलाई भाइबुहारीको हत्या गरेको आरोपमा पक्राउ गरिएको छ। उनले बिहीबार दिउँसो २५ वर्षीय बुहारी अञ्जना महतमाथि खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ। उज्वलले गत मे महिनामाा फेसबुक स्टाटसमा कानको समस्याका कारण अडियो इन्जिनियरिङ नगर्ने उल्लेख गरेका छन्।उनले पछिल्ला दिनमा आफ्नो फेसबुकमा शंकास्पद क्रियाकलाप देखिएको उल्लेख गरेका छन्।

‘एक्सीस ब्यान्ड’ मा संलग्न उनले ड्रमसेट बजाउने गरेको फेसबुक प्रोफाइलमा देखिन्छ।महानगरीय प्रहरी वृत्त चापागाउँका डिएसपी राजकुमार खिउजुका अनुसार उनको परिवारमा कसैसँग नराम्रो थिएन। खिउजुका अनुसार विगत केही महिनादेखि अलि अस्थिर भएको देखिन्छ।परिवारसँग खासै राम्रो बोलचाल गर्दैनथे। यद्यपि दाजुभाइको सम्बन्ध सुमधुर थियो। छिमेकी उनलाई राम्रो छवि बनाइसकेका म्युजिसियनका रुपमा हेर्छन्। उनका चिनजानका साथीभाइ सभ्य र भद्र भन्छन्।एउटै घरमा बुबा-आमा, उज्वल उनकी श्रीमती र एक छोरासँगै भाइ बुहारी बस्थे।

स्थानीयका अनुसार अहिलेसम्म सबै मिलेर बसेको बताउँछन्।बिहीबार भाइ अफिस गइसकेपछि उनले बुहारीमाथि नै खुकुरी प्रहार गरे। दिउँसो ब १:३० बजे २५ वर्षीय बुहारी अन्जना लामाको विभत्स हत्या गरे। ‘आमा बुहारी काटेर आएँ, प्रहरी बोलाउनुहोस्’, आमाको भनाइ उद्धृत गर्दै खिउजुले भने।बुहारीलाई काटिसकेपछि उनले खुकुरी बरन्डामा राखेका थिए। बुहारीमाथि खुकुरी प्रहार भएको कोठा पूरै रगतले छोपिएको छ। खिउजुका अनुसार उनको घाँटी छिन्नै लागेको थियो। टाउको र हातमा सयौँ पटक खुकुरी हानेका छन्।

प्रहरीका अनुसार अभियुक्त महतको एउटा औंला काटिएको छ। बज्रबाराही अस्पतालमा उपचार हुन नसकेपछि उनलाई पाटन अस्पतालमा लगिएको थियो। पाटन अस्पतालले बी एण्ड बी पठाएको थियो।उनको औंलाको शल्यक्रिया गर्न समय लाग्ने भएपछि अहिले भने महानगरीय प्रहरी वृत्त चापागाउँमा राखिएको छ। बुहारी अञ्जना विदेश जाने तयारीमा थिइन्। उनमा मानसिक समस्या रहेको प्रहरीको प्रारम्भिक छानबिनमा खुलेको छ ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्