गगनले छोडेपछि सिटौलाको बिचल्ली


 


काठमाडौ गगन थापाले छोड्ने भएपछि नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको बिचल्ली हुने भएको छ ।महाधिवेशन नजिकिँदै गर्दा कुन समूहबाट को–को उम्मेदवारी बन्ने भन्ने अड्कलबाजी हुन थालेको छ ।

गत महाधिवेशनमा सिटौलासँग महामन्त्री उठेर हारेका थापा अब पनि हार्ने गरी उम्मेदवार बन्ने पक्षमा छैनन् । सभापति उठिसकेका हुनाले सिटौला फेरि पनि सभापति नै उठ्ने कि नउठ्ने भन्नेमा अन्यौलमा छन् ।

आफ्नो सानो झुण्ड बनाएर पार्टी सभापतिसँग ‘वार्गेनिङ’ गर्न सिटौला माहिर छन् । गिरीजाप्रसाद कोइरालासँग बसेर राजनीति गरेका र कोइरालको टेक्निक जानेका सिटौला पनि चानचुने खेलाडी होइनन् । थापाले छोडेपछि सिटौला भने अन्यौलमा पर्ने चिन्तामा छन् । समाचारस्रोतका अनुसार थापा आगामी महाधिवेशनमा सिटौलालाई छोडेर अन्य समूहमा लाग्ने सोचमा छन् ।

सिटौला सभापति, थापा महामन्त्री र उमाकान्त चौधरी कोषाध्यक्ष उठेका थिए । शेरबहादुर देउवालाई सभापति बनाउन सिटौला समूहले अन्तिममा महत्वपूर्ण भूमिका खेलेका थियो ।

सिटौलाले आफू सभापति हारेर दोस्रो चरणको प्रतिस्पर्धामा जान नसकेपछि देउवालाई सघाएका थिए । पहिलो चरणमा देउवा, रामचन्द्र पौडेल र सिटौलाबीच सभापतिमा प्रतिस्पर्धा थियो ।

प्रकाशित मिति: २७ बैशाख २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्