जंगली जनावरको छालासहित राई प्रकाउ


 


भोजपुर, चैत्र ९
जंगली जनावरको छालासहित भोजपुरको जरायोटार गाविस २ का धनबहादुर राईलाई प्रहरीले प्रकाउ गरेको छ । बाघको छाला, मृगको छाला, सिङसहितको टाउको, गाँजा र सिमला (पुलिक) सहित राईलाई प्रहरीले प्रकाउ गरेको हो । सोमबार प्रकाउ परेका राईलाई प्रहरीले मंगलबार सार्वजनिक गरेको छ ।

प्रकाउ परेका राईबाट बाघको छाला एक थान, मृगको छाला एक थान, मृगको सिङ सहितको टाउको एक थान, सिङ एक थान, गाँजा छ सय ग्राम र पुलिक दुई थान रहेको निमित्त प्रहरी प्रमुख प्रहरी निरिक्षक पञ्चलाल गोलेले बताए । राईलाई वन्यजन्तु संरक्षण ऐन र लागु औषध ऐन अन्र्तगतको मुद्धा चलाईने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: ९ चैत्र २०७२, मंगलबार

प्रतिक्रिया दिनुहोस्