केपी ओलीको सपना साकार, यसरी आयो विराटनगरमा रेल (भिडियोसहित)


 


विराटनगर । नेपालमा रेल एकासमय कथा जस्तै बनेको थियो । केही वर्ष पहिलासम्म जनकपुर-जयनगर रेल सञ्चालनमा थियो । त्यो पनि बिग्रिएपछि कथा मात्र बन्यो । प्रधानमन्त्री केपी शर्मा ओलीले बेला बेला नेपालमा रेल चलाउने भाषण गर्दै आए । उनको भाषणको निकै मजाक उडाईयो ।

थरी थरीका मानिसहरुले विभिन्न खाले टिकाटिप्पणी गरे । आफुलाई बिद्वान मान्नेहरु समेत यसको विरोधमा उत्रिए । तर प्रधानमन्त्री ओलीले भने आफ्नो अडान कायमै राखेका छन् । त्यही अडानका कारण यतिबेला रेल मार्गले अन्तिम रुप पाईरहेको छ ।

मोरङको विराटनगरबाट रेल ल्याउन रेलको पटरी वा लिक विछ्याउने काम धमाधम रुपमा भइरहेको छ । कतिपय स्थानमा लिक ओछ्याउने काम पुरा भएको छ भने कतिपय ठाऊँमा अन्तिम तयारीको काम भइरहेको छ । बथनाहा–कटहरी १८ किलोमिटर दूरिमध्येको नेपाली भू–भाग बुधनगरमा बनेको नेपाल कष्टम यार्डसम्मको भागमा रेलको लिक बनिरहेको हो । साभार – केन्द्रबिन्दुबाट

 

प्रकाशित मिति: २९ बैशाख २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्