अवसरको पर्खाइमा प्रतिभाहरु


 


jitendraखिलाराज नेपाल

नेपाली क्रिकेटको चुलिदो लोकप्रियतासँगै यस क्षेत्रमा नयाँ नयाँ प्रतिभाहरुको आगमन भइरहेकाे छ । घरेलु प्रतियोगिताको कुनै सिस्टम नै नहुनु तथा अन्य प्रतियोगिताहरु पनि कमै मात्र हुने गर्नुले यस्ता प्रतिभाको प्रस्फुटनमा अबरोध सिर्जना भइरहेकाे देखिन्छ । तथापी पनि देशका विभिन्न स्थानमा खुलेका क्रिकेट एकेडेमी मार्फत प्रतिभा जन्माउने क्रम जारी नै छ।

क्रिकेटको बिकासमा सरकारी तवरबाट कुनै ठोस कदम नचालिदा यस्ता प्रतिभालाई समुचित ब्यबस्थापन गर्न नसकेर यसै ओइलाउने सत्यता लाई नकार्न सकिन्न। जितेन्द्र सिंह ठकुरि ।यो नाम नेपाली क्रिकेट प्रेमिहरुका बिच एउटा लोकप्रिय नाम बन्न पुगेको छ।

अलियाचौर सुर्खेत स्थायी ठेगाना भएका १६ बर्सिय जितेन्द्र नेपाली क्रिकेटमा एउटा उदाउदो नक्षत्र हुन। नेपाल क्रिकेट स्कुल काठमाडौंमा क्रिकेट अभ्यासरत जितेन्द्र आफ्नो औपचारिक शिक्षा गोल्डेनगेट कलेजमा अगाडी बढाइ रहेका छन।

कक्षा ११ का विद्यार्थी जितेन्द्र क्रिकेट नै आफ्नो मुख्य प्यासन रहेको स्विकार्छन। केही समय अगाडी धनगढीमा सम्पन्न नेपाल क्रिकेट स्कुल र धनगढी क्रिकेट एकेडमीबिच भएको श्रृङखलामा आफ्नो टोलि को कप्तानी गर्दै धनगढी पुगेका जितेन्द्रले उक्त प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै म्यान अफ दि सिरिज चुनिए पछि उनको चर्चा पुन एक पटक क्रिकेट प्रेमी बिच चुलिएको हो।

उक्त प्रतियोगितामा उनले गरेको मुख्य प्रदर्शन यस्तो रहेको थियो। -सर्बाधिक रन बनाउने खेलाडी को रेकर्ड – सर्बाधिक विकेट लिने खेलाडी को रेकर्ड – बेस्ट पर्फर्मान्स ब्याटिङ तर्फ एक दिबसिय मा 175 (126) र टि20 मा 68(39) -बेस्ट पर्फर्मान्स बलिङ तर्फ 10-2-38-5 यस अघि ए सि सि युथ 16 पृमियर लिग मार्फत अन्तर्राष्ट्रिय प्रतियोगिता मा समेत सहभागिता जनाइ उत्कृष्ट प्रदर्शन गरिसकेका जितेन्द्र लाई त्यही बेला देखि नै क्रीकेट प्रेमी हरु ले भबिस्य को आशा को नजर ले हेर्ने गरेका थिए।

उक्तप्रतियोगिता मा उनी कुल जम्मा 15 विकेट लिएर प्रतियोगिता कै उत्कृष्ट बलर बन्न सफल भएका थिए।साथै थाइल्यान्ड सगको खेलमा म्यान अफ दि म्याच समेत चुनिएका थिए ब्याटिङ तर्फ उनको उत्कृष्ट प्रदर्शन हओमन बिरुद्द अबिजित 32 रन रहेको थियो।

यो क्षेत्रमा कसरी आइपुग्नु भयो के ले प्रेरणा दियोभन्ने हाम्रो जिज्ञासा् मा जितेन्द्र भन्छन सानो छदा टिभि मा क्रीकेट हेर्ने गरेको र त्यहिबाट अभिरुची जागेको ले गाउमै साथिभाइ सग क्रीकेट खेल्न सुरु गरेको र अचानक एक दिन युथ 16 को क्षेतृय प्रतियोगितामा सेलेक्ट भए पछि आफ्नो भिनाजु कृष्ण शाही ले काठमाडौं #बोलाएर प्रशिक्षक बिनोद दास को प्रशिक्षण मा सिक्ने बाताबरण मिलाएको ले यो सबै सम्भव भएको बताउछन।

साथै यश क्षेत्रमा सहयोग पुराउने बिज्ञान पाण्डे र करण घिमिरेको नाम पनि छुटाउन चाहदैनन आगामी बाटो के त भनेर सोधिएको प्रश्नमा उनी भन्छन आफ्नो खेललाइ निरन्तरता दिदै अन्त्यमा राष्ट्रिय टोलि बाट देशको प्रतिनिधित्व गर्नु हो, यसको लागि उमेर समूह मार्फत आफ्नो स्थान बनाउनु पर्ने उनी स्वीकारछन।

तथापि तल्लो लेभल देखि घरेलु खेलको संरचना नभएकोले आफ्नो प्रतिभा देखाउन नपाएको गुनासो गर्छन साथै क्यान मार्फत हुने कुनै पनि प्रतियोगिता मा आफ्नो उपस्थिति लाई बेवास्ता गरिएको मा असन्तुष्टि समेत ब्यक्त गर्छन। साथै आगामी दिनमा ब्यबस्थापन को अन्योल समाप्ती सगै घरेलु सम्रचना को बिस्तार भएर आफुजस्ता प्रतिभालाइ अवसर मिल्नेमा आशावादी देखिन्छन।

यी त भए एक प्रतिनिधि पात्र ,जितेन्द्र सिंह ठकुरि जस्ता कैयन प्रतिभा हरु अवसरको खोजिमा भौतारिइ रहेका छन। घरेलु म्याच नहुने नेपाल्मा आफ्नो प्रतिभा निखार्नको लागि ब्यक्तिगत अभ्यास मै भरपर्नु पर्ने अवस्था छ।यस्ता प्रतिभाहरुको पहिचान गरि उचित ब्यबस्थापन गरेर अवसर दिदै लैजाने हो भने नेपाली क्रीकेट माथिल्लो स्तर मा पुग्ने मा कुनै दुइमत छैन।

प्रकाशित मिति: १० चैत्र २०७२, बुधबार

प्रतिक्रिया दिनुहोस्