केशव स्थापित फेरि मन्त्री होलान् त ?


 


काठमाण्डौँ । मुख्यमन्त्री डोरमणि पौडेललाई मन्त्रिपरिषद बैठकमै अभद्र व्यवहार गरेको आरोपमा बर्खास्तीमा परेका प्रदेश–३ का भौतिक पूर्वाधार तथा विकासमन्त्री केशव स्थापित फेरि मन्त्री बन्ने भएका छन् ।

स्रोतका अनुसार नेकपा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओलीले सोही जिम्मेवारीमा फर्काउने बचन दिएका छन् । पछिल्लो समय आफूसँग भेट गर्ने शुभचिन्तकलाई स्थापितले आफू फेरि मन्त्री बन्ने बताउन थालेका छन् । आफूमाथि मन्त्रिपरिषदमै अभद्र व्यवहार गरेको भन्दै मुख्यमन्त्री पौडेलले प्रधानमन्त्री ओलीसँग परामर्शपछि गत १६ कात्तिकमा स्थापितलाई पदबाट खर्बास्त गरेका थिए । प्रदेशको महत्वपूर्ण मन्त्रालय लामो समय नेतृत्वविहीन हुँदासमेत नयाँ मन्त्री नियुक्त गरिएको छैन ।

मुख्यमन्त्री पौडेल आफैंले राखेको भौतिक पूर्वाधार मन्त्रालयको काम सन्तोषजनक छैन । स्थापितलाई पुनस्र्थापित गराउनकै लागि नयाँ मन्त्री नियुक्त नगरिएको ओलीनिकट स्रोतले बतायो । स्थापितमाथि स्थापितमाथि मुुख्यमन्त्री पौडेलले दिएका निर्देशन नमान्ने, आफ्ना मन्त्रालयमा नबस्ने, कामको गति सारै फितलो, मन्त्रिपरिषद बैठकको मर्यादामा पटकपटक अपमान गर्ने गरेको आरोप लागेको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्