पाँचथरमा १५ वर्षीय किशोरीको घाटी रेटेर हत्या


 


पाँचथर। पाँचथरमा १५ वर्षीय किशोरीको घाटी रेटेर हत्या भएको छ । जिल्लाको हिलिहाङ पच्चमीकी शीतल योङहाङको घाटी रेटेर आइतबार साँझ हत्या भएको हो ।

युवती योङहाङ १९/२० वर्षीय युवकको प्रेममा करिव १ वर्षदेखि रहेकी र केहि दिनदेखि उनीहरुको सम्बन्ध विग्रीएको प्रहरी अनुसन्धानमा खुलेको छ । घटना भएको स्थान केटाको गाउँ देखी ८/९ घण्टाको दुरीमा भए पनी केटीको गाउँ भने सोही स्थान भएको खुल्न आएको छ ।

जिल्ला प्रहरी कार्यालय पाँचथरका इनिस्पेक्टर अनिल पौडेलका अनुसार, केटाको गाँउबाट ७/८ घण्टाको दुरीमा रहेको कोहि नबस्ने घरमा ती दुईजना पुगेका थिए । केटीसँगको सम्बन्ध विग्रीएका कारणले ती युवकले नै उक्त किशोरीको निमर्तापूर्वक हत्या गरेको हुन सक्ने आशंका गरिएको इनिस्पेक्टर पौडेले जानकारी दिएका छन् ।

किशोरीको शव हत्या भएको स्थानबाट २०/३० मिटरको दुरीमा फेला पारिएको र घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्