मोरङमा हावाहुरीले टहरो भत्किदा च्यापिएर एक जनाको मृत्यु


 


विराटनगर । मोरङको कहटरी गाउँपालिकामा गए राति आएको हावाहुरीबाट टहरो भत्किदा च्यापिएर एक जनाको मृत्यु भएको छ । मुत्यु हुनेमा कटहरी गाउँपालिका वडा नंं। १ का ५२ वर्षीय चन्द्र दास रहेका छन् ।

उनी सार्वजनिक जग्गामा टहरो बनाएर बस्दै आएकामा टहरो लच्किएपछि अन्य ठाउँमा जान आग्रह गर्दा नमानेको स्थानीयले बताए । बिहान करिब ५ बजे टहरो पुरै भत्किएको देखेर हेर्न जाँदा मृत अवस्थामा फेला परेको स्थानीय देव नारायण रायले बताएका छन् ।

प्रहरीले घटनाबारे जानकारी पाएपछि मुचुल्का गराएर पोस्टमार्टमका लागि कोसी अस्पताल पठाएको छ । मृतकका श्रीमती र छोराछोरी अर्को टहरोमा सुतेका कारण सुरक्षित रहेका छन् । सो क्षेत्रमा करिब एक दर्जन सुकुम्वासीहरू सार्वजनिक जग्गामा घर बनाएर बस्दै आएका छन् ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्