मुख्यमन्त्री राईद्धारा प्रदेश २ का मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण


 


विराटनगर, बैशाख ३०

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले एक करोड रुपैयाको चेक प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतलाई आज हस्तान्तरण गर्नुभएको छ ।
प्रदेश १ सरकारको तर्फबाट बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि सो रकम हस्तान्तरण गरिएको हो ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मुख्यमन्त्री राउतलाई एक करोडको चेक हस्तान्तरण गर्नुभएको हो । गएको चैत १९ गते बारा र पर्सा जिल्लामा भीषण हावाहुरीका कारण २८ जनाको ज्यान गएको थियो भने एक हजार बढी घाइते भएका थिए ।

हावाहुरीबाट प्रदेश २ को बारा र पर्सा जिल्लामा जनधनको ठूलो क्षति भएपछि प्रदेश १ सरकारले राहत स्वरुप एक करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको थियो ।  चेक बुझ्दै प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले विपतको बेला सहयोग गर्नुभएकोमा प्रदेश १ सरकारलाई धन्यवाद ज्ञापन गर्नुभएको छ । चेक हस्तान्तरण गर्दै प्रदेश १ का मुख्यमन्त्री राईले विपतमा आआफनो स्थानबाट एकअर्कालाई सहयोग गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

प्रकाशित मिति: ३० बैशाख २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्