टियु मैदानमा एनसिएसएले सफाई अभियान चलाउने


 


 काठमाडाैं, चैत्र ११

12421728_1102029093175918_221893317_nनेपाल विरुद्ध नामिबियाको खेल नेपालमै हुनुपर्छ भन्ने माग राख्दै यस अघि टियु मैदानमै आन्दोलन छेडेको नेपाली क्रिकेट सपोटर्स एसोसियसन (एनसिएस्ए) ले आफ्नो माग पुरा भएपछि यतिबेला टियु मैदानमा आगामी हप्ताका हरेक शनिवार ” टियु मैदानमा स्तरोन्नति तथा सरसफाई अभियान ” चलाउने कार्यक्रम सार्वजनिक गरेको छ । यहि चैत १३ गते शनिवार,११:०० बजे विहानबाट टियु मैदानमा अभियान चल्नेछ ।

12899749_1102033363175491_437685313_nदेशकोन्युजसँग संक्षिप्त कुरा गर्दै एसोसियसनका अध्यक्ष भानुभक्त सिग्देलले भने ,” हाम्रो यो अभियान देशका लागि हो । अहिले नगरे कहिले गर्ने ? यो खेल हामी नेपालीको स्वाभिमानसँग पनि जोडिएको बिषय हो । बडो कठिन अवस्थाबाट नेपालले यो खेल आयोजना गर्ने मौका पाएको छ,असफल हुन दिन्नौ । ” यस्तै उनले खेलका दौरानपनि एसोसियसनको बलियो उपस्थिति रहने बताए । विश्व क्रिकेट लिग च्याम्पियनसिप अन्तर्गतको खेल नेपाल वनाम नामिबिया यहि बैशाख ४ र ६ गते हुने निर्धारित तालिकामा रहेको छ ।

प्रकाशित मिति: ११ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्