२० वर्ष नपुगी जागिर छाड्ने प्रहरीलाई आपत !


 


काठमाडौं ३१ वैशाख– सशस्त्र प्रहरी बलभित्र बीचमै जागिर छोड्ने क्रम बढेपछि २० वर्ष नपुगी अवकाश प्रमाणपत्र नदिइने भएको छ ।

संगठनमा भर्ना भएको छोटो समयमै राजीनामा दिँदा राज्यलाई घाटा पुग्ने भएकाले २० वर्ष पुगेपछि मात्र अवकाश प्राप्त प्रमाणपत्र दिन लागिएको हो । केही वर्षयता सेवा प्रवेश गरेको पाँच वर्षपछि नै राजीनामा दिएर वैदेशिक रोजगारीमा जाने क्रम बढेको छ ।
अवकाश प्राप्त प्रमाणपत्र वैदेशिक रोजगारीको लागि विश्वासिलो आधारको रुपमा प्रयोग गर्न थालेपछि सशस्त्र प्रहरीले कार्यविधि बनाएरै प्रमाणपत्र दिने समयसीमा तोकेको हो ।
सशस्त्र प्रहरीमा भर्नापछि तालिमका साथै वृत्ति विकासका लागि राज्यको ठूलो लगानी हुने गरेको छ । हातहतियार चलाउने दक्षता भएका प्रहरी–कर्मचारीले बीचमा जागिर छोड्दा घाटा पुग्ने निष्कर्ष निकाली यस्तो निर्णय गरिएको हो । सशस्त्र प्रहरीलेको परामर्श समितिको बैठकले १६ वर्षमा नै अवकाश भए पनि २० वर्ष नपुगी अवकाश प्रमाणपत्र नदिने निर्णय गरेपछि जागिर छोड्ने क्रम घटेको छ । नेपाल समाचारपत्रबाट

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्