धनश्याम भुसाल भन्छन् भारी बोकेर खाने मान्छेलाई हेरेर बजेट निर्माण गरौं


 


काठमाडौं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का सांसद धनश्याम भुसालले सीमान्तकृत वर्गलाई लक्षित गरेर बजेट निर्माण गर्नुपर्ने बताएका छन् ।

संसदमा सोमबार विनियोजन विधेयकमाथि छलफल र समर्थनमा भाग लिएका सांसद भुसालले काम गरेर खाने सीमान्तकृत वर्ग केन्द्रीत गरेर बजेट बनाउनु पर्ने बताए ।

‘सीमान्तकृत वर्ग जसले जागिर पाउँदैन । इँटा बोकेर, भारी बोकेर खानुपर्छ । उनीहरू (मान्छे) लाई हेरेर बजेट निर्माण गर्नुपर्छ,’ उनले भने, ‘परम्परागत कृषिमा रहेका मानिसलाई उद्यमतर्फ लैजान सक्नुपर्छ ।’

रोजगारीका लागि विदेशिएका तथा परम्परागत कृषिमा अल्झेका चार लाखभन्दा बढी मान्छेलाई केन्द्रीत गरेर बजेट बनाउनु पर्ने पनि भुसालले बताए ।

‘समाजवादी बजेटले गर्ने काम भनेको चार लाख मान्छेलाई जागिर दियौं भने त्यसले राष्ट्रिय पुँजी निर्माण गर्छ । सीमान्तकृत मान्छे मध्यम वर्गमा रूपान्तरण हुनसक्छ,’ उनले भने, ‘सीमान्तकृत वर्गमाथि उठ्यो भने दलाल पुँजीलाई नियन्त्रण गरिसकेका हुन्छौं ।’

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्