अबकाे काम अार्थिक सम्बृद्धि र विकास : सञ्चारमन्त्री


 


Sherdhan -raiकाठमाडाैं, चैत्र ११

सूचना तथा सञ्चार मन्त्री शेरधन राईले वर्तमान सरकार जनताको समर्थन र नैतिक बलमा टिकेकाले अबको काम मुलुकको आर्थिक सम्बृद्धि र विकासमा केन्द्रित हुने बताउनुभएको छ । रेडियो नेपालका व्यवस्थापन सुधार कार्यन्वयन कार्ययोजना विहिवार सिंहदवारमा सार्वजनिक गर्दै मन्त्री राईले जनताको नैतिक वलकै साथले अघोषित नाकाबन्दी समेत सरकारले सामना गर्न सकेको बताउनुभयो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण ऐतिहासिक रुपमा सफल हुनुले नेपालको विकासको बहुआयामिक ढोका खुलेको भन्दै मन्त्री राईले नेपाल दुई ठूला छिमेकीसँगको सम्बन्धलाई नयाँ उचाईमा लैजान प्रयत्नशील रहेको बताउनुभयो । सरकारका प्रवक्ता समेत रहेका मन्त्री राईले भन्नुभयो–सरकार अब दुई ठूला छिमेकीसँग समान र विशिष्ठ प्रकारको सम्बन्ध अघि बढाउदै मुलुकलाई तीब्र विकासको बाटोमा अघि बढाउन खोज्दैछ ।

मन्त्री राईले मुलुककै जेठो प्रसारण संस्था रेडियो नेपाल धराशायी अवस्थामा पुगेको भन्दै अब अहिलेकै अवस्थामा रेडियो नेपाल रहन नसक्ने प्रष्ट पार्नुभयो । रेडियो नेपालको सुधारका लागि आफ्नो पालामै इतिहासमै पहिलो पटक कार्य योजना बनेकाले तत्काल सो योजना अनुसार कार्य थाल्न रेडियो नेपालको व्यवस्थापनलाई उहाँले निर्देशन दिनुभयो ।

‘यो कार्य योजना संविधानसभाबाट जारी भएको संविधानको मर्म र संघीयताकमो भावना अनुसार ल्याइएको हो, म प्रत्येक महिना यसको प्रगति विवरण माग्नेछु’ मन्त्री राईले भन्नुभयो । उहाँले रेडियो नेपाल जस्तै नेपाल टेलिभिजन,गोरखापत्र,रासस लगायत निकायको कार्य योजना बनाएर अघि बढ्ने आफ्नो सोच रहेको बताउनुभयो ।

मन्त्री राईले भन्नुभयो–अब भगवान भरोसा र पशुपतिनाथले रक्षा गर्नेछन् भन्ने सोच र शैलीमा काम गर्ने दिन गए,तपाइहरु आजबाटै कार्य योजना लागु गर्न खटिनुस नत्र दण्ड र पुरस्कारको भागिदार बन्नुपर्नेछ । आफूले नयाँ ढंगले काम गर्न चाहेको भन्दै मन्त्री राईले चाँडैनै रेडियो नेपाल र नेपाल टेलिभिजनलाई सार्वजनिक प्रसारण सेवामा लैजान ऐन मस्यौदा अघि बढेको जानकारी दिनुभयो ।

सो अबसरमा सन्चार मन्त्रालयका सचिव एबम् रेडियो प्रसार सेवा विकास समितिका अध्यक्ष दिनेश थपलियाले कार्य योजना अनुसार रेडियो नेपाल अघि बढाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले सबैले मन्त्रीको सोच अन’सार अघि बढ्नुपर्ने भन्दै रेडियो नेपाल अब संघीय स्वरुप अनुसार सातै प्रदेशमा क्षेत्रीय प्रसारणका साथ अघि बढ्ने बताउनुभयो ।

प्रकाशित मिति: ११ चैत्र २०७२, बिहिबार

प्रतिक्रिया दिनुहोस्