नेपाल र क्याम्बोडियाबीच भयो यस्तो महत्वपूर्ण सम्झौता



काठमाडौं नेपाल र क्याम्बोडियाबीच व्यापार र आर्थिक सहयोग सम्बन्धी समझदारीमा हस्ताक्षर भएको छ । त्यसैगरी, नेपाल चेम्बर अफ कमर्स र क्याम्बोडिया चेम्बर अफ कमर्सबीच पनि आपसी सहयोग सम्बन्धी समझदारी पत्रमा समेत हस्ताक्षर भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली र क्याम्बोडियाका उनका समकक्षी हुन सेनको समेत उपस्थितिमा सो समझदारी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

प्रधानमन्त्री ओली अहिले भियतनाम भ्रमण सकेर क्याम्बोडियाको भ्रमणमा रहेका छन् । दुई देशबीचका प्रधानमन्त्रीबीचको भेटवार्ताका क्रममा क्याम्बोडियाका प्रधानमन्त्रीले केही अघि आफूले गरेको नेपाल भ्रमणको स्मरण गरेका थिए भने प्रधानमन्त्री ओलीले आफूलाई भ्रमणको निम्तो दिएकोमा आफ्ना क्याम्बोडियाली समकक्षीलाई धन्यवाद दिएका थिए ।

भेटघाटमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली लगायत भ्रमण दलका अन्य सदस्यहरुको पनि सहभागिता रहेको थियो ।

प्रकाशित मिति: ३१ बैशाख २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्