विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने इश्वर पोखरेलको चेतावनी


 


काठमाडौँ । नेकपाका नेता ईश्वर पोखरेलले पार्टीको विचार स्पष्ट नभए पार्टी एकता नटिक्ने बताएका छन् । युवासंघको स्थापना दिवसका अवसरका काठमाडौमा भएको कार्यक्रमलाई सम्बोधन गर्दै नेकपाले दुई धार र तीन तरेलीका आधारमा अघि बढ्नुपर्ने बताए ।

उनले तत्कालीन एमाले र माओवादी केन्द्रबीच एकता प्रकृया टुङिगन लागेको अवस्थामा योजनाबद्ध नेतृत्व निर्माणमा नलागे विचार, संगठन र नेतृत्वका प्रश्नमा बहस नै नभएको भन्दै नेतृत्वको चर्को आलोचना गरे । ‘सोलोढोलो प्रकृयाबाट पार्टी चल्दैन । त्यसपछि दुर्भाग्य हुनेछ’ पोखरलले पार्टीमा छलफल नै नहुने गरेकोप्रति आक्रोश व्यक्त गर्दै पार्टीको आचरणबारे जनताले बुझ्नेगरी एकरुप धारणा बनाउनु जरुरी भएको बताए ।

उनले विचारबाट निर्देशित भएको पार्टी ठुलो भएपनि मिसन पुरा गर्न नसक्ने चेतावनी दिए । नेता पोखरेलले त्यसका लागि पार्टीमा युवा पुस्तालाई हस्तक्षेप गर्न सुझाव समेत दिए ।

‘अबको पार्टी विचारमा सुस्पष्ट बन्न सक्नुपर्छ । अस्पष्टता रह्यो भने एकताको खुशीयाली मनाउँदै गर्दा निणार्यक जीत हासिल गर्न सक्दैन । संसारका कम्युनिष्ट शासकहरु पुँजीवादीहरुले गोली नहानी ताजमहल ढलेझै ढलेको इतिहास छ । हाम्रो पार्टी त्यस्तो हुनुहुँदैन । त्यसका लागि नेतृत्वले सोच्न जरुरी छ । दूर्भाग्य भोग्नु नपरोस्’ पोखरेलले चर्को असन्तुष्टि जनाए ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्