कार्यकक्षमै उद्योगमन्त्रीमाथि हातपातको प्रयास, प्रहरी देखेपछि कर्मचारी फरार


 


काठमाडौं १ जेठ
उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयमा हात हालाहालको अवस्था सिर्जना भएको छ । मन्त्री मातृका यादवको कार्यकक्षमा नै कर्मचारीका नेताले मन्त्रीमाथि हात हाल्न खोजेका थिए ।

सेवाग्राहीका रुपमा आएका कांग्रेस निकट नेपाल निजामति कर्मचारी युनियनका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूहले मन्त्रीमाथि हात हाल्न खोजेका थिए ।

उनीहरुले कांग्रेस निकट कर्मचारी युनियनका नेता शोभाकर रेग्मीलाई उद्योग विभागमा सरुवा नगरी नेकपा निकट विनोद खड्कालाई पठाइएको भन्दै मन्त्रीमाथि समेत दुव्र्यवहार गरेको मन्त्रीको निजी सचिवायलयले जनाएको छ ।

खड्कालाई विभागमा पठाएको भन्दै युनियनका उपाध्यक्ष सुरेन्द्र अधिकारीको समूह मन्त्रीको सचिवालय पुगेको थियो । यसपछि दुबै पक्षबीच भनाभन सुरु भयो ।

उनीहरु छलफलका लागि आएका र मन्त्री यादवले सम्झाएर पठाएका थिए ।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्