‘एमालेका तीन नेतालाई लाइन लगाएर प्रधानमन्त्री बनाएँ’ – प्रचण्ड


 


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालीन एमाले नेता माधवकुमार नेपाललाई संसदमा ल्याएर प्रधानमन्त्री बनाएको स्मरण गरेका छन् । पार्टीको युवा संगठन युवा संघले स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा प्रचण्डले झलनाथ खनाललाई पनि छापामार शैलीबाट प्रधानमन्त्री बनाएको बताए ।

इतिहासका अनेक कालखण्डमा आफूलाई अस्थिर नेताको आरोप लागे पनि माधव नेपालदेखि केपी ओलीसम्मलाई प्रधानमन्त्री बनाउन आफ्नो भूमिका रहेको र आरोप लगाउनेहरू कुनामा थन्किएर बसेको भन्दै मोहन वैद्यलाई उनले व्यंग्य गर्न भ्याए।

उनले विचार र राजनीतिक दृष्टिकोणमा माथापच्ची नगर्न भन्दै घुमाउरो भाषामा नकेपा नेता ईश्वर पोखरेललाई कटाक्ष गरे।

सोही कार्यक्रममा पोखरेलले विचारको सवालमा पार्टी स्पष्ट नभएको भन्दै हाँसको चाल न कुखुराको चाल भएको बताएका थिए । प्रचण्डले केही कम्युनिस्ट नेता लेनिन, माओ, होची मिन्हले यसो गरे। उसो गरे भन्दै जडसूत्रवादी बनेको आरोप लगाए।

प्रकाशित मिति: १ जेष्ठ २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्