काठमाण्डौँमा बम बिष्फोट भएपछि प्रहरी प्रमुखसहित गृहमन्त्रीको आकस्मिक बैठक


 


काठमाडौं, जेठ १२

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सोमबारका लागि घोषणा गरेको नेपाल बन्दको अघिल्लो दिन राजधानीमा तीन जनाको ज्यान जाने गरी दुई ठाउँमा भएको विस्फोटपछि गृहमन्त्री रामबहादुर थापा ‘बादल’ले आकस्मिक केन्द्रीय सुरक्षा समिति बैठक बोलाएका छन्।

सिंहदरबारमा केहीबेर अघि सुरु भएको बैठकमा नेपाल प्रहरी, शसस्त्र प्रहरी र राष्ट्रिय अनुसन्धानका प्रमुखहरुको उपस्थिति रहेको जनाइएको छ।

विस्फोटपछिको परिस्थितिको समीक्षा गर्दै आगामी रणनीतिबारे निर्णय गर्न बैठक बोलाइएको हुन सक्ने स्रोतले बतायो। प्रहरीले दुई वटै विस्फोटमा विप्लव समूहको संलग्नता रहेको हुन सक्ने र अनामनगर घटना बम तयार गर्दागर्दै भएको हुन सक्ने आशंका गरेको छ।

प्रकाशित मिति: १२ जेष्ठ २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्