पब्जी खेल्ने क्रममा १६ वर्षे किशोरको हृदयघात भएर ज्यानै गयो


 


एजेन्सी । भारत मध्य प्रदेशमा पब्जी खेल्ने क्रममा एक १६ वर्षे किशोरको हृदयघात भएर मृत्यु भएको छ । शुक्रबार किशोरका पिता फरुन कुरेशीले दिएको जानकारी अनुसार उनका छोराले ६ घण्टासम्म मोबाइल फोनमा पब्जी खेलेपछि अचेत भएका थिए ।

मृतक किशोर फुरकान कुरेशी कक्षा १२ का विद्यार्थी हुन् । घटना मे २८ को हो जब फुरकान कुरेशी र उनको परिवार एक आफन्त विवाहमा भाग लिनको लागि राजस्थानको घरबाट मध्य प्रदेश गएका थिए ।

सोमबार अचेत हुनुपूर्व फुरकानले पब्जी खेल्दै ‘पड्काउ, हान’ भनेर चिच्याएको उनका पिताले बताए । ‘उ एकदमै सक्रिय केटा थियो । मेरो छोरा पब्जी खेलमा यति धेरै मग्न थियो कि उसले आइतबार रातीदेखिदेखि सोमबार झिसमिसेसम्म खेलिरह्यो । विहान केही घण्टा सुत्यो अनि खाजा खाएर पुन खोल्न थाल्यो ,’ पिता हारुनले बताए । खेलमा उसको पात्रले हारेपछि उसले पड्काउ, पड्काउ भनेको सुनिएको हारुनले बताए ।

प्रकाशित मिति: १८ जेष्ठ २०७६, शनिबार

प्रतिक्रिया दिनुहोस्