सरकारले ६ करोड १ लाख रुपैयाँ बराबरको कण्डम किन्छ


 


काठमाडौं । सरकारले एचआईभी तथा यौनरोगको जोखिम कम गर्न भन्दै निः शुल्क कण्डम वितरण गर्ने गरेको छ । तर, नेपालमा ८ प्रतिशतले मात्रै प्रयोग गर्ने गरेको सरकारी तथ्यांक छ । यसका लागि वार्षिक ६ करोड १ लाख रुपैयाँ खर्च हुन्छ ।

सरकारले परिवार नियोजन र यौन रोगबाट बचाउन कण्डम निःशुल्क वितरण गर्दै आएपनि प्रयोग गर्ने न्यून छन् । स्वास्थ्य सस्थामा सधैं उपलब्ध नहुने गुनासो पनि त्यतिकै छ । नेपालमा १० देखि ४९ वर्ष उमेर समुहका करिव ८ प्रतिशतले मात्रै कण्डमको प्रयोग गर्छन् ।

राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आर्थिक वर्ष २०७४/७५ मा मात्रै १० लाख ७० हजार पिस वितरण गरेको बताएको छ । त्यस्तै सरकारी निकाय स्वास्थ्य व्यवस्थापन तथा आपूर्ति महाशाखाले बार्षिक ६ करोड एक लाख रुपैयाँ बराबरको कण्डम किन्ने गरेको छ ।

त्यसो त नेपालमा सिआरएस कम्पनि लगायत अन्य संघ सस्थाले पनि कन्दम वितरण गर्छन् । स्वास्थ्य सेवा व्यस्थापन तथा आपूर्ति महाशाखाबाट परिवार नियोजनको साधनको रुपमा शहरदेखि ग्रामिण स्वास्थ्य संस्थाबाट निशुल्क कण्डम वितरण हुँदै आएको छ ।

नेपालमा बार्षिक करिब ४ करोड कण्डम खपत हुने गरेको छ । नेपाली बजारमा १५ रुपैयाँदेखि एक हजार रुपैयाँ मूल्यसम्मका कण्डम पाइन्छन् । नेपालमा प्रयोग हुने सबैजसो कण्डम विदेशबाट आयात गरिन्छ ।

प्रकाशित मिति: ३० जेष्ठ २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्