भेटाएको १२ लाख फिर्ता दिने यी पूर्वेली युवती


 


20 laha

‘धन देख्दा महादेवकै तीन नेत्र।’ नेपाली समाजमा प्रचलित यो उक्तिलाई उल्ट्याउँदै पूर्वका दुई युवतीले उदाहरणीय काम देखाएका छन्।

उनीहरुले दुर्घटनामा मृत्यु भएका एक व्यक्रिले हराएको १२ लाख रुपैयाँ भेट्टाएका थिए। उक्त रकम सम्बन्धित परिवारका सदस्यलाई खोजेर हस्तान्तरण गरे ती युवतीले। बिहीवार राति कोशी राजमार्ग अन्तर्गत धरान इटहरी सडक खण्डमा दुर्घटना हुँदा धरान उपमहानगरपालिका १७ का ओमबहादुर गेलालको मृत्यु भयो।

आईएइमई र जग्गा व्यापारमा संलग्न गेलालको साथमा त्यति बेला १२ लाख रुपैयाँ रहेछ। घटनापछि पैसासहित गेलालको झोला हरायो। गेलालको मृत्युले परिवाजन शोकमा थिए। साथमा रहेको नगद र कागजात नभेट्टिँदा पीडा झनै थपिएको थियो।

परिवारजनले हारएको पैसा भेटिने आशा करिब करिब मारिसकेका थिए। तर शुक्रवार चतरामा दाहसंस्कार गरेर फर्कदा गेलाल परिवारलाई चकित तुल्लाउने खबर आयो।

धरान–१५ की ज्योति राई र मोरङ उर्लाबारी–८ की सुनिता राईले पैसासहितको झोला भेटेका रहेछन्। उनीहरुले पीडित परिवारलाई शनिवार उक्त हराइएको १२ लाख रुपैयाँ हस्तान्तरण गरे।

नागरिक दैनिकबाट

प्रकाशित मिति: १९ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्