एकदिवसीय विश्वकप क्रिकेट : पाकिस्तानमाथि भारतको शानदार जित



एजेन्सी, असार २

इंग्ल्यान्ड र वेल्समा जारी आईसीसी एकदिवसीय विश्वकप क्रिकेटमा भारतले पाकिस्तानमाथि शानदार जिल निकालेको छ । आइतबार भएको खेलमा भारले पाकिस्तालाई ८९ रनले पराजित गरेको हो । यो भारतको लगातार दोस्रो जित हो ।

युद्धकै रुपमा तुलना गरिएको खेलमा भारतले दिएको ३३७ रनको विशाल लक्ष्य पछ्याएको पाकिस्तानले वर्षाका कारण निर्धारित ४० ओभर र ३०२ रनको लक्ष्य पाएको थियो । उक्त लक्ष्य निर्धारित ४० ओभरमा ६ विकेट गुमाउँदै मात्र २१२रन बनायो ।

पाकिस्तानका लागि फखर जमानले सार्वधिका ६२ रनको योगदान गरे । उनले ७५ बलमा ७ चौका र १ छक्काको प्रहार गर्दै ६२ रन जोड्न सफल भए । त्यस्तै बाबर आजम ४८ जोडे । उनले ५७ बलमा ३ चौका र १ छक्का प्रहार गरे ।

इमाद वसीमले ४६ रनको योगदान गरे भने शादव खान २० रन जोडे । त्यस्तै कप्तान शरर्फराज अहमिदले १२ रन मात्र जोड्न सफल भए । भारतका लागि हार्दिक पान्ड्या, कुलदीप यादव र विजय शंकरले समान २/२ विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङको निम्तो पाएको भारतले निर्धारित ५० ओभरमा ५ विकेटको क्षतिमा ३ सय ३६ रन बनायो । भारतका लागि रोहित शर्माले शतकीय पारी खेले । उनले ११३ बल खेल्दै १४ चौका र ३ छक्काको सहयोगमा १४० रन पूरा गरे ।

त्यस्तै कप्तान विराट कोहली र केएल राहुलले अर्धशतकीय पारी खेले । ६५ बल खेलेका कोहलीले ७ चौकाको सहयोगमा ७७ रन बनाए । त्यस्तै ७८ बल खेलेका केएलले ३ चौका र २ छक्काको सहयोगमा ५७ रनको योगदान गर्दै आउट भए ।

भारतका लागि हार्दिक पान्ड्याले २६ रन बनाएर आउट भए । पाकिस्तानका लागि मोहम्मद आमिरले ३ विकेट, वहाब रियाज र हसन अलीले समान १ १ विकेट लिएका थिए ।

प्रतिक्रिया दिनुहोस्

 

सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2019 Deshko News