खाडीका ६ देशमा तापक्रम ६३ डिग्री पुग्यो दिउँसो बाहिर नहिँडन अपिल


 


काठमाडौँ । खाडीका देशमा रहेका नेपाली कूटनीतिक नियोगले दिउँसो बाहिर नहिँडन त्यहाँ रहेका नेपालीहरुलाई अपिल गरेका छन । खाडीका देशमा तापक्रम बढेर यो वर्षकै उच्च विन्दुमा पुगेपछि दिनमा नहिँडन अपिल गरेका हुन् । तापक्रम निकै बढेपछि त्यहाँकाे सरकारले दिउँसाे काममा पनि रोक लगाएको छ । श्रमिकहरुलाई काममा नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिइएको हाे ।

खाडीका ६ देशले तापक्रम ६३ डिग्रीसम्म पुगेकाे छ । मध्याह्नको समयमा श्रमिकलाई काम गराउन रोजगारदाता कम्पनीहरूलाई रोक लगाएको हो । खाडीका देशमा करिब २० लाखभन्दा धेरै नेपाली कार्यरत रहेको सरकारी अनुमान छ ।

बहराइन, कुवेत र ओमानले १ जुलाईदेखि ३१ अगस्टसम्म, कतारले १५ जुनदेखि ३१ अगस्टसम्म, साउदी अरबले १५ जुनदेखि १५ सेप्टेम्बरसम्म र यूएईले १५ जुनदेखि १६ सेप्टेम्बरसम्म मध्याह्नको समय श्रमिकलाई काम नलगाउन रोजगारदाता कम्पनीलाई उर्दी जारी गरेको छ ।

यस्तै, बहराइनले मध्याह्न १२ देखि ४ बजेसम्म, कुवेतले बिहान ११ देखि ४ बजेसम्म, ओमनले मध्याह्न १२:३० देखि ३:३० सम्म, कतारले ११:३० देखि ३ बजेसम्म, साउदीले १२ देखि ३ बजेसम्म र यूएईले १२:३० देखि ३ बजेसम्म काम नलगाउन रोजगारदाता कम्पनीलाई निर्देशन दिएको छ ।

मध्याह्नमा काम लगाउने रोजगारदाता कम्पनीलाई कानूनी कारबाही हुने चेतवानी समेत दिएको छ । निर्णय उल्लंघन गर्ने कम्पनीलाई आर्थिक कारबाही गरिने जनाइएको छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्