गैरकानुनी आप्रवासीलाई देश निकाला गर्ने ट्रम्पको घोषणा


 


एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अर्को हप्तादेखि गैरकानुनी रुपमा बसोबास गरिरहेका आप्रवासीलाई देश निकाला गर्ने घोषणा गरेका छन् । अमेरिकी राष्ट्रपति ट्रम्पले ट्वीट गर्दै अध्यागमन र भन्सार कार्यान्वयन गर्ने एजेन्सीले अर्को हप्तादेखि आप्रवासी कामदार हटाउन थाल्ने बताएका हुन्। उनले लेखेका छन् ‘जतिसक्दो चाँडो उनीहरूलाई हटाइनेछ,’ उनले गैरकानुनी आप्रवासी रोक्न छिमेकी मेक्सिकोले गरिरहेको कडाइको पनि प्रसंशा गरेका छन् ।

एक महिनाअघि भएको वार्तामा मेक्सिकोले मध्यअमेरिका हुँदै अमेरिका छिर्न खोज्ने गैरकानुनी आप्रवासीलाई रोक्ने सहमति गरेको थियो। अमेरिकामा झन्डै १ करोड २० लाख गैरकानुनी आप्रवासी रहेको अनुमान गरिएको छ ।

प्रकाशित मिति: ३ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्