सरकारले डाक्टर, नर्ससँगँसगै शिक्षकको पारिश्रमिक बनायो देशको सबैभन्दा उच्च


 


एजेन्सी  भुटानले शिक्षक, डक्टर, नर्स र अन्य सम्पूर्ण चिकित्सकीय कर्मचारीको तलब बढाएर देशको सबैभन्दा उच्च बनाएको छ । जुन ५ मा त्यहाँको क्याविनेटले नै यो निर्णय लिएको थियो ।

यो खबर भुटानको अङ्ग्रेजी समाचार साइट ‘द भुटनीज’ मा प्रकाशित भएको थियो । न्युज साइटले घोषणालाई ‘ठूलो रणनीतिक कदम’ भनेको छ ।

आय मापनको सुधारको व्याख्या गर्दै, रिपोर्टले भनेको छ, ‘यस वृद्धिबाट सबैभन्दा धेरै संख्यामा शिक्षक लाभान्वीत हुनेछन् । तिनको सख्या ८६७९ शिक्षक छन् । त्यसपछि चिकित्सक कर्मचारी आउँछन्, जसको संख्या ४ हजार वरिपरि छन् ।’

भुटानी प्रधानमन्त्री कार्यालयले जारी गरेको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘यदी सरकारले प्रस्ताव गरेको जस्तो भुक्तानी भएमा, शिक्षण देशको सबैभन्दा धेरै पारिश्रमिक पाउने पेसा हुनेछ ।’

‘द भुटनीज’का अनुसार यी दुई पेसामा संलग्नहरु लामो समय काममा खटिनुपर्ने र काम आफैमा तनावपूर्ण भएकाले तिनका लागि राम्रो पारिश्रमिकको व्यवस्था गरिएको हो ।

धेरै शिक्षक र चिकित्सकीय कर्मचारीले समाजिक संजालमा तलब वृद्धिको स्वागत गरेका छन् ।

केही शिक्षकले आफूले पेसा छाड्ने सोचिरहेको समयमा यो वृद्धिको खबर आएकाले, अब पेसा बदल्ने विचार बदल्ने प्रतिक्रिया दिएका छन् ।

प्रकाशित मिति: ४ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्