आँधी–तुफानका कारण टेन्ट खस्दा १७ को मृत्यु


 


एजेन्सी। भारतको राजस्थान स्थित बालोतराको जसोल कस्बेमा आँधीले टेन्ट खस्दा १७ जनाको मृत्यु भएको छ । एएनआईका अनुसार यस घटनामा अन्य ७० जना भन्दा बढी घाइते भएका छन् । घाइतेहरुलाई उपचारका लागि नजदिकी अस्पताल लगिएको छ । घाइतेहरुमध्ये ४५ जनाको अवस्था गम्भीर भएको बताइएको छ ।

उपलब्ध जानकारी अनुसार राम कथा सुन्नका लागि त्यहाँ सयौं मानिसहरु आएका थिए । यसै दौरानमा ठूलो आँधी–तुफान आयो, जसको कारण टेन्टले थेग्न नसकेर ढलेको थियो । यसै कारण १७ जनाको मृत्यु भएको हो ।

मृतकहरुको संख्या अझैँ बढ्ने सम्भावना भएको बताइएको छ । घटनास्थलबाट उद्धार कार्य जारी रहेको बताइएको छ । ढलेको टेन्ट भित्र अझैं पनि कयौं मानिसहरु पुरिएका आशंका गरिएको छ ।

ढलेको टेन्टभित्र फसेका मानिसहरुको उद्धार कार्य भइहरेको जनाइएको छ । निसास्सिएर र करेन्ट लागेर अधिकांशको मृत्यु भएको बताइएको छ ।

यस घटनालाई लिएर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दुःख ब्यक्त गरेका छन् । यता राजस्थानको मुख्य मन्त्री अशोक गहलोतले पनि दुःख ब्यक्त गरेका छन् ।

प्रकाशित मिति: ९ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्