भाेजपुर नगरपालिका स्थापनाकाे तीन बर्ष पुरा


 


भाेजपुर, बैशाख २६

भोजपुर नगरपालिका सन्चालनमा आएको तीन वर्ष पुगेको अवसरमा तेस्रो स्थापना दिवस मनाएको छ । भोजपुर नगरपालिका २०७१ वैशाख २५ गते उद्घाटन भएको थियो । साविक भोजपुर , वोखिम , टक्सार र भैसिपंखा गाविस मिली वनेको नगरपालिकामा ११ वडा विभाजन गरी सन्चालनमा आएको हो ।

विगतलाई समिक्षा सहित आईपरेको चुनौतिको विषयमा एक कार्यक्रमका विच प्रस्तुतीकरण समेत गरिएको थियो । नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापामगरले प्रस्तुत गर्नुभएको प्रगति प्रतिवेदनमा कार्यक्रममा सहभागी राजनैतिक दल , सरोकारवाला तथा प्रमुख जिल्ला अधिकारीले नगरपालिकाको कार्यन्वयनको गति प्रभावकारी रुपमा देखिएको आगामी दिनमा अझ थप गति लिन नागरिकको सेवा प्रवाहमा सकारात्मक प्रभाव पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्नेमा सहभागीहरुको जोड थियो ।

३ दिन सम्म मनाईएको स्थापना दिवशमा वैशाख २३ गते टक्सारको ऐतिहासिक मठमन्दिर सरसफाई गरिएको थियो भने दोश्रो दिन नगरपालिका भित्रका विद्यालयहरुलाई सहभागि गराई हाजिरिजवाफ प्रतियोगिता सन्चालन गरिएको थियो । स्थापना दिवशको कार्यक्रमहरु अन्तर्गत अन्तिम दिन शनिवार सरोकारवालाहरु सँग अन्तकृया गरिएको नगरपालिकाका कार्यकारी अधिकृत तुलाराज थापामगरले वताउनुभयो ।

प्रकाशित मिति: २६ बैशाख २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्