अफगानिस्तानमाथि पाकिस्तानको रोमाञ्चक जित


 


एजेन्सी । एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत हिजो राति समपन्न खेलमा पाकिस्तानले अफगानिस्तानलाई ३ विकेटले पराजित गरेको छ । योसँगै पाकिस्तान अंक तालिकाको चौथो स्थानमा उक्लिएको छ । २ सय २८ रनको विजयी लक्ष्य पछ्याएको पाकिस्तानले अन्तिम ओभरको २ बल अगाडी ७ विकेटको क्षतिमा लक्ष्य पुरा गरेको हो । अन्तिम ओभरमा ६ रन चाहिएको अवस्थामा इमाद वासिमले चौथो बलमा चौका प्रहार गर्दै पाकिस्तानको जित निकालेको हो ।

पाकिस्तानका लागि इमाद वासिमले अविजित ४९ रन र वहाब रियाज १५ रनमा अविजित रहे । बाबर आजमले ४५ रन, ओपनर फकार जमान ० रनमा बाहिरीएका थिए । अफगानिस्तानका लागि मोहम्मद नाबी र मुजिव उर रहमानले २२ विकेट र राशिद खानले १ विकेट लिए ।

त्यसअघि टस जितेर ब्याटिङ थालेको अफगानिस्तानले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २७ रन बनाएको थियो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले ४ र इमाद वासिम र वहाब रियाजले २ २ विकेट लिँदा शादब खानले १ विकेट लिएका थिए ।

पाकिस्तान ८ खेलमा ४ जितका साथ चौथो स्थानमा उक्लिएको हो । पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग आगमी शुक्रबार खेल्ने छ । अफगानिस्तान लगातारको आठौं हार स्वीकार गर्दै पुछारमा छ । अफगानिस्तानले अन्तिम खेल वेस्ट इन्डिजसँग आगमी विहिबार खेल्ने छ ।अब पाकिस्तानले अन्तिम खेल बंगलादेशसँग खेल्ने छ । बंगलादेशसँगको खेलमा विजयी भएमा र अन्य टोलीको नतिजा आफु अनुकुल आए अन्तिम चारमा रहेर सेमिफाइनल खेल्ने छ ।

प्रकाशित मिति: १५ असार २०७६, आइतबार

प्रतिक्रिया दिनुहोस्