भारत इङ्ल्यान्डसँग ३१ रनले हार्यो


 


काठमाडौं, असार १६

विश्वकप क्रिकेट प्रतियोगिता अन्तर्गतको ३८ औँ खेलमा घरेलु टोली इङ्ल्यान्डसँग भारत ३१ रनले पराजित भएको छ । जितसगै इङ्ग्ल्यान्डले सेमीफाइनल पुग्ने सम्भावना जीवितै राखेको छ।

टस जितेर बर्मिङ्घमको एजबेस्टनमा पहिले ब्याटिङ गरेको इङ्ल्यान्डले ३३८ रनको लक्ष्य दिएको थियो । इङ्रल्यान्डले ५० ओभर खेल्दै ७ विकेटको क्षतिमा ३३७ रन बनाएको थियो। जितका लागि ठुलो लक्ष्य पछ्याएको उपाधि दाबेदार भारत ५० ओभर सकिदासम्म ५ विकेट गुमाउँदै ३०६ रनमा समेटिदै पराजित भएको हो ।

इङ्ल्यान्डका लागि जोनी बेयरस्टोले १११ रनको योगदान दिँदै यो विश्वकपको पहिलो सतक पनि पुरा गरे भने स्टोक्सले ७० रन बनाएर पेभेलियन फर्किदै यस विश्वकपमा चौथो अर्थसतक बनाए। इङ्ल्यान्डका कप्तान इयान मोर्गन १ रनमै पेभेलियन गए। जो रूटले ४४ रनको पारी खेले। जोस बटलर ८ बलमा २० रन बनाएर आउट भए।

जेसन रोय ६६ रन बनाएर आउट भए। जेसनको यो १६ औँ अर्धसतक हो। उनले पहिलो विकेटका लागि बेयरस्टोसँग १६० रनको साझेदारी गरे। शमी लगातार तीन खेलमा ४ भन्दा धेरै विकेट लिने दोस्रो भारतीय खेलाडी बने।यसअघि नरेन्द्र हिरवानीले सन् १९८८ मा यस्तो उपलब्धि लिएका थिए। भारतका लागि मोहम्मद शमीले ५, कुलदीप यादव र जसप्रीत बुमराहले एक९एक विकेट लिए। यस विश्वकपमा १३ विकेट लिइसकेका शमी विश्वकपमा लगातार तीन पटक ४ भन्दा धेरै विकेट लिने दोस्रो बलर हुन्।

भारतका लागि ऋषभ पन्त ३२ रन बनाउँदै पभेलियन फर्किए। हार्दिक पन्ड्या ४५ र रोहित शर्मा १०२ रनको शतक खेल्दै आउट भए । यस विश्वकपमा उनको तेस्रो र करिअरको २५ औं सतक हो। कप्तान विराट कोहलीले ६६ रनमा बाहिरीए ।

भारतलाई हराएपछि इङ्ल्यान्ड ८ खेलबाट १० अंकसहित तालिकाको चौथो स्थानमा पुगेको छ । इङ्ल्यान्डको जीतले पाकिस्तानको तनाव बढेको छ । यदि भारतले जितेको भए पाकिस्तान अंक तालिकामा चौथो स्थानमै यथावत हुन्थ्यो। पाँचौ स्थानमा धकेलिएको उसले बंगलादेशसँग जित निकालेर मात्रै पुग्ने छैन भाग्यको पनि भरोसा पर्नुपर्ने भएको छ ।

प्रकाशित मिति: १६ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्