मुम्बईमा भारी वर्षा, २४ जनाको मृत्यु


 


मुम्बई । भारतको महाराष्ट्र राज्यमा वर्षाका कारण पर्खाल भत्किएका तीन छुट्टाछुट्टै घटनामा २४ जनाको मृत्यु भएको छ । वर्षाका कारण मुम्बई, कल्याण र पुणेमा पर्खाल भत्किएर २४ जनाको मृत्यु भएको हो ।

पश्चिम मुम्बईको मलाडमा एक कम्पाउण्डको पर्खाल खस्दा १५ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ । बीबीसीका अनुसार उक्त घटनामा ७५ जना घाइते भएका छन् । घाइतेहरुको शताब्दी अस्पतालमा उपचार भइरहेको छ । मुख्यमन्त्री देवेन्द्र फडणवीसले मृतक परिवारलाई पाँच लाख क्षतिपूर्ति दिने घोषणा गरेका छन् ।

यस्तै मुम्बई नजिकै पर्ने कल्याणमा पर्खाल कस्दा तीन जनाको मृत्यु भएको बताइएको छ । एक अन्य पर्खाल खस्दा दुई महिला र एक बालकको मृत्यु भएको छ । मुम्बईमा लगातार रुपमा मुसलधारे वर्षाका कारण सहर जलमग्न भएको छ । रेल सेवाहरु बन्द भएका छन् । मानिसहरु ट्राफिकमा घण्टौंसम्म फसेका छन् भने वायु यात्रा स्थगित गरिएको छ ।

म्यूनिसिपल कमिशनर प्रवीण परदेशीले स्कूल र कलेज बन्द गर्ने घोषणा गरेको छ । भारतीय मौसम विभागले शुक्रवारसम्म वर्षा हुने बताएको छ ।

प्रकाशित मिति: १८ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्