सबै खेल हार्दै अफगानिस्तान विश्वकपबाट बाहिरियो


 


एजेन्सी, असार २०

एकदिवसिय विश्वकप क्रिकेट अन्तर्गत अफगानिस्तानले आफ्नो अन्तिम खेलमा २३ रनको हारव्यहोरेको छ । हिजो राति सम्पन्न खेलमा वेस्ट इन्डिजले दिएको ३ सय १२ रनको लक्ष्य पछ्याएको अफगानिस्तान २३ रनले पराजित भएको हो ।

योसँगै अफगानिस्तान विश्वकपमा अफगानिस्तान ९ खेलमा ९ पराजित हुँदै अंक बिहीन हुँदै बाहिरीएको छ । त्यस्तै वेस्ट इन्डिजले पनि ९ खेलमा २ मात्रै जितेको छ । वेस्ट इन्डिज पनि विश्वकपबाट बाहिरीएको छ ।

अफगानिस्तान निर्धारित ५० ओभरमा अल आउट हुँदै २ सय ८८ रनमा अल आउट भएको थियो । वेस्ट इन्डिजले ३ सय १२ रनको लक्ष्य दिएको थियो । अफगानिस्ताका लागि युवा विकेटकीपर इकराम अलीखीलले सर्वाधिक ८६ रनको योगदान दिएका थिए । त्यस्तै ओपनर रामत शाहले ६२, कप्तान गुलबदीन नाइब ५, नजीबुउल्लाह जदरान ३१, केमर रोचले मोहम्मद नाबी २ र शमीउल्लाह शिनवारी ६ रनमा आउट भएपछि अफगान्सितान कमजोर अवस्थामा पुगेको थियो ।

वेस्ट इन्डिजका लागि कार्लोस बर्थवेटले ४, केमर रोचले २ र क्रिस गेल एवं ओसन थोमसले एकएक विकेट लिए । टस जितेर पहिला ब्याटिङ गरेको वेस्ट इन्डिजका लागि ३ सय ११ रन बनाउँन शाई होपले सर्वाधिक ७७ रन बनाए । त्यस्तै निकोलस पुरनले ५८ रनको योगदान दिए । कप्तान जोसन होल्डर ४५ रनमा क्याच आउट भए ।

ओपनर क्रिस गेल ७ रनमा क्याच आउट भए । इभिन लुईस ५८ रनमा आउट भए । शाही होपले ९२ बलमा ७७ रन प्रहार गरे । कार्लोस वर्थवेट ४ बलमा १ छक्का र २ चौका सहित १४ रनमा अविजित रहे । दवालत जदरानले अफगानिस्तानका लागि २ विकेट ल्याउँदा मोहम्मद नाबी, सईद शिरज़ाद र राशिद खानले एक एक विकेट लिए । योसँगै अफगानिस्तान र वेस्ट इन्डिजको यो पटकको विश्वकप यात्रा यहिँ समाप्त भएको छ ।

प्रकाशित मिति: २० असार २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्