मलेसियालाई हराउँदै नेपाल फाइनलमा पुग्यो



काठमाडौँ, असार २३

७ विकेटले मेलेसियालाई हराएर नेपाल एसीसी यू–१९ इस्टर्न रिजन क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । केहि बेर अघि सम्पन्न खेलमा ८८ रनको झिनो लक्ष्य पाएको नेपालले तिन विकेट गुमाएर मात्र १५।५ ओभरमा लक्ष्य पूरा गर्यो ।

क्वालालम्पुरको किनकारा मैदानमा भएको खेलमा नेपालले टस जितेर फिल्डिङ रोजेको थियो । नेपालको जितका लागि कप्तान रोहितकुमार पौडेल र भीम सार्कीले उत्कृष्ट साझेदारी गरे ।

सार्कीले ३४ बलमा ३३ रन र पौडेलले २९ बलमा ३१ रन बनाई अविजित रहे । ओपनर पवन सर्राफले १६ बलमा १८ रन बनाए । ओपनर रित गौतम १४ बलको सामना गरी जम्मा ३ रन बनाएर आउट हुँदा, खडक बोहरा शून्य रनमै आउट भएका थिए ।

मलेसियाका लागि हैक्वल मोद खैरले नेपालको दुई र मोहमद अमिरले एक विकेट लिए । नेपालले अब फाइनलमा सिंगापुर र हङकङबीचको विजेतासँग खेल्नेछ ।

प्रतिक्रिया दिनुहोस्

           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
सिधा सम्पर्क : ९८५२०५२२००
           
संस्थापक / प्रधान सम्पादक : ध्रुव सुबेदी
     
           
facebook
© 2023 Deshko News