झापामा सर्पले डसेर सात वर्षीया बालिकाको मृत्यु


 


झापा, असार २३

कोठामा सुतिरहेको अवस्थामा विषालु सर्पको टोकाइबाट झापामा सात वर्षीया बालिकाको मृत्यु भएको छ । सर्पदंशबाट मृत्यु हुनेमा झापा गाउँपालिका–६ स्थित मदरगाछ बजारका बैधनाथ गोसाईंकी सात वर्षीया छोरी निरुता रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक महेन्द्रकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रहरीका अनुसार आफ्नै घर कोठामा सुतिरहेका बालिकालाई गएराति विषालु सर्पले टोकेको थियो । राति २ बजे छोरीलाई सर्पले टोकेको थाहा पाएपछि तत्काल उपचारका लागि कनकाई नगरपालिकास्थित सर्पदंश उपचार केन्द्रमा लगिएको थियो ।

बालिकाको उपचारको क्रममा बिहान ४ बजे मृत्यु भएको डिएसपी श्रेष्ठले जानकारी दिनुभयो ।

प्रकाशित मिति: २३ असार २०७६, सोमबार

प्रतिक्रिया दिनुहोस्