विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच पहिलो सेमिफाइनलमा खेल


 


एजेन्सी, असार २४

इग्ल्यान्डमा जारी विश्वकप क्रिकेटमा आज भारत र न्युजिल्यान्डबीच सेमिफाइनलमा खेल हुँदेछ । लिगको अंक तालिकामा पहिलो स्थानमा रहेको भारत र चौथो स्थानमा रहेको न्युजिल्यान्डबीच खेल हुन लागेको हो । खेल अपराह्न ३ स्१५ बाट सुरू हुनेछ ।

खेल म्यानचेस्टरमा हुने छ । लिग चरणमा दुवैबीच हुनुपर्ने खेल वर्षाका कारण रद्द भएको थियो । प्रतियोगिताको लीग चरणमा राम्रो प्रदर्शन गरेको भारत एउटा खेलमा मात्रै पराजित भएको थियो । शुरुवाति खेलहरुमा राम्रो प्रदर्शन गरेको न्युजिल्यान्ड लिग चरणका अन्तिम खेलहरुमा भने पराजित भएको छ ।

पाकिस्तानसँग समान अंक भएपनि नेट रनरेटका आधारमा न्युजिल्यान्ड अन्तिम चारमा स्थान बनाउन सफल भएको थियो । भारतले दुई पटक विश्वकप क्रिकेट जितिसकेको छ भने न्युजिल्यान्डले जित्न सकेको छैन ।

त्यस्तै अस्ट्रेलिया र इग्ल्यान्डबीच दोस्रो सेमिफाइनलमा बिहीबार हुनेछ । भारतले उछ्न्दिा दोस्रो स्थानमा झरेको अष्ट्रेलिया र तेस्रो स्थानमा रहेको इग्ल्यान्डबीच खेल हुनेछ । त्यसपछि यी मध्येको विजेता र भारत-न्युजिल्याण्डमध्येको विजेता उपाधिका लागि भिड्नेछन् ।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्