हङकङलाई हराउँदै नेपालले एसीसी यू – १९ क्रिकेटको उपाधि जित्यो


 


एजेन्सी, असार २४

हङकङविरुद्ध ६ विकेटको जित निकाल्दै एसीसी यू(१९ इस्टर्न रिजन क्रिकेटको उपाधि नेपालले जितेको छ।योसँगै नेपाल आगामी अगस्टमा श्रीलंकामा हुने एसिसी यू(१९ एसिया कप क्रिकेट प्रतियोगिताका लागि छनोट भएको छ । एसिया कपमा आयोजक श्रीलंकासहित अफगानिस्तान, बंगलादेश, भारत, पाकिस्तान र यूएईको टुंगो लागिसकेको छ।

हङकङले प्रस्तुत गरेको ९६ रनको चुनौती नेपालले ४ विकेट गुमाउँदै १६.१ ओभरमा भेट्टाएको हो । त्यसका लागि ओपनर रित गौतम र पवन सर्राफले ६.३ ओभरमा ५२ रनको साझेदारी गरे । रित १३ रनमा आउट भएका थिए भने पवन सर्राफले ३६ बलमा ३९ रनको योगदान दिए।

खड्गबहादुर बोहराले २२ बलमा केबल ८ रन बनाउन सके । त्यसैगरी रोहितकुमार पटेलले १० बलमा १२ रन र भीम सार्कीले ११ बलमा ८ रन बनाए । हङकङका लागि रौनक कपुरले २ विकेट लिए। मोहम्मद हसन खान र मोहम्मद हसन १र१ विकेट लिन सफल भए ।

यसअघि टस हारेर पहिला ब्याटिङ गर्न आएको हङकङले ९५ रनको झिनो लक्षय दिएको थियो । हङकङले ४३.१ ओभरमा सवै विकेट गुमाएर ९५ रन बनाएको थियो।

नेपाली युवा लेगस्पिनर सागर ढकालले उत्कृष्ट प्रदर्शन गर्दै पहिलो ओभरमै मेडन विकेट लिएका थिए । १० ओभर बलिङ गर्दै १८ रन खर्चिएर उनले ५ विकेट लिए। कमलसिंह ऐरीले ८ ओभरमा २ मेडन सहित २३ रन अर्चेर ३ विकेट लिए । तिलकराज भण्डारी र कुशल मल्लको नाममा समान १ विकेट रह्यो । कुशल मल्लले ८.१ ओभरमा ५ मेडन सहित ४ रन मात्रै खर्चे ।

३६ ओभर सकिँदा हङकङले ७० रन बनाउँदै ८ विकेट गुमाएको थियो। अन्तिमा मोहम्मद हसन र अब्बदुर उर्सलने २५ रनको साझेदारी गरेपछि हङकङ ९५ रनमा पुग्यो।

प्रकाशित मिति: २४ असार २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्