वर्षाले प्रभावित भारत र न्युजिल्यान्डबीचको खेल आज हुने


 


एजेन्सी । आईसीसी एकदिवसीय विश्वकप क्रिकेटको भारत र न्युजिल्याण्डबीचको पहिलो सेमिफाइनल खेल वर्षाको कारण रोकिएको छ ।ओल्ड ट्राफोर्डमा वर्षाले रोकिएको खेल रिजर्भ डेको दिन बुधबार यही ओभरबाट पुनः खेलाइने भएको हो । वर्षाले खेल रोकिनु अघि टस जितेर पहिले ब्याटिङ गरिरहेको न्युजिल्याण्डले ४६ ओभर १ बलमा ५ विकेट गुमाएर २११ रन बनाएको थियो ।

न्युजिल्याण्डका रोस टेलर ६७ रनमा अविजित रहेका छन् । यस्तै कप्तान केन विलियम्सन ६७ रन जोडेर आउट भए । भारतका जस्प्रित बुम्राह, भुवनेश्वर कुमार, हार्दिक पाण्ड्या, रबिन्द्र जडेजा, युजभेन्द्र चहालले समान एक–एक विकेट हात पारे ।

प्रकाशित मिति: २५ असार २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्