एसएलसीमा प्रथम हुने भाेजपुरे चेली सम्मानित
काठमाडौं, जेठ ११
२०७१ सालको एसएलसीमा महिलातर्फ भोजपुर जिल्ला प्रथम हुने सुशाङ् निना राईलाइ चौकीडाँडा समाजद्वारा कदर पत्र र नगद पुरस्कारले सम्मान गरेकाे छ । डिगबीर धनमायाँ प्रतिष्ठानले प्रदान गरेको यो “डिगबीर धनमायाँ शैक्षिक पुरस्कार” उनले २०७१ सालको एसएलसीमा ७९.५ प्रतिशत ल्याएर भोजपुरमा महिलातर्फ उत्कृष्ठ हुन सफल भएकोले प्रदान गरिएको हो।
सुशाङ् निना राई भोजपुर एकेडेमी,भोजपुरकी बिद्ध्यार्थी हून्। समाजले आफ्नो २० औँ वार्षिक साधारण सभामा यो अवसर जुटाएको हो। बिभिन्न बक्ताले साधारण सभालाई सम्बोधन गर्दै अहिलेको समयमा युवा, महिला सबैले आफूलाई ब्यबसायीक ज्ञान र सीपले पोख्त पार्दै सामाजिक, आर्थीक बिकासको बाटोमा लाग्न आह्वान गरेका थिए।
कार्यक्रम समाजका अध्यक्ष केशब अधिकारीको अध्यक्षतामा सम्पन्न भएको थियो । २०५४ सालमा काठमाडौंमा यो संस्था चौकीडाँडा,भोजपुरबाट काठमाडौंमा आई भिन्न पेशा ब्यवसाय गरी बसेका केही युवाको जमातले गाबिसबासी लगायत समग्र जिल्लाको शैक्षिक,सामाजिक, भौतिक बिकासको लागि केही न केही योगदान पुर्याउने उद्धेश्यले स्थापना गरेका हुन् ।
प्रकाशित मिति: ११ जेष्ठ २०७३, मंगलबार
















