चार भोजपुरे सम्मानित



sammanitकाठमाडौँ, जेठ ११

भोजपुर जिल्लामा जन्मिएर राष्ट्रको महत्वपूर्ण पदमा पुगेका चार भोजपुरे व्यक्तित्वहरु भोजपुरे सेवा समाज, काठमाडौँद्वारा सम्मानित भएका छन् । समाजद्वारा राजधानीमा आयोजित कार्यक्रममा सूचना तथा सञ्चार मन्त्री शेरधन राईले उनीहरुलाई सम्मानित गरे ।

यसरी सम्मानित हुनेहरूमा राष्ट्रपतिका अर्थविज्ञ सल्लाहकार धनहर्क राई, प्रधानमन्त्री कार्यालयका सचिव चन्द्रकुमार घिमिरे, रक्षा मन्त्रालयका सचिव महेशप्रसाद दाहाल तथा सशस्त्र प्रहरी बलका महानिरीक्षक दुर्जकुमार राई सम्मानित भएका हुन् । कार्यक्रममा सम्मानित व्यक्तित्वहरुलाई बधाई दिँदै मन्त्री राईले उनीहरुको कार्यकाल पूर्ण सफलताको कामना गरे ।

समाजका अध्यक्ष पासाङदोर्ची शेर्पा, पशुपति पराजुली, देवीप्रसाद घिमिरे लगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया दिनुहोस्
           
सामाजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल
इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
सम्पादक : अंकुश कुँवर
     
           
facebook
© 2021 Deshko News