कुखुराको खोरमा चितुवा पसेपछि…


 


पोखरा । पोखरामा एक किसानको कुखुराको खोरको चितुवा पसेको छ । पोखरा १६, सिप्लेकुनास्थित स्थानीय सोभितबहादुर केसीको कुखुरा फार्ममा पसेको चितुवालाई नियन्त्रणमा लिइएको छ।

झण्डै ५ हजार भन्दा बढी कुखुरा रहेको उक्त खोरमा पसेको चितुवालाई चितवन राष्ट्रिय निकुञ्जबाट गएको ४ जनाको प्राविधिक टोलीले नियनत्रणमा लिएको छ ।

उक्त प्राविधिक टोलीले चितुवालाई डार्टिङ (बेहोस बनाउन सुइ हान्ने प्रविधि) प्रयोग गरी नियन्त्रणमा लिएको हो । नियन्त्रणमा लिइएको चितुवालाई पोखरा ३१, पचभैँयामा रहेको जुलोजिकल पार्कको वन्यजन्तु उद्दार केन्द्रमा लगेर उपचार गरिएको छ ।

चितुवा खोरमा पस्दा च्यापिएर केही कुखुरा मरेका छन् । तर ठूलो क्षति भएको छैन । राति खोरमा चितुवा पसेको बारे किसान केसीले बिहान मात्रै थाहा पाएका थिए । त्यसपछि उनले जिल्ला वन कार्यालयलाई जानकारी दिएका थिए ।

प्रकाशित मिति: २ श्रावण २०७६, बिहिबार

प्रतिक्रिया दिनुहोस्