नेपालबाट एकै वर्षमा विदेश पढ्न जान्छन् ६३ हजार


 


काठमाडौं । नेपालबाट आर्थिक वर्ष २०७५/२०७६ मा नो अब्जेक्सन लेटर (एनओसी) लिने विद्यार्थीको संख्या ६३ हजार २ सय ५९ पुगको छ ।सरकारले विदेश अध्ययन गर्न जाने विद्यार्थीको संख्या घट्दैगएको दाबी गरेतापनि आर्थिक वर्ष २०७४–२०७५ को तुलानमा गत वर्ष ५ हजार विद्यार्थीको संख्या बढेको हो ।

शिक्षा मन्त्रालयको वैदेशिक अध्ययन अनुमति शाखाले दिएको तथ्याङकअनुसार गत वर्ष अष्ट्रेलियामा ‘नो अब्जेक्सन’ लिने विद्यार्थीको संख्या ह्वात्तै बढेको छ ।

असार मसान्तसम्म अष्ट्रेलिया अध्ययन गर्न जाने विद्यार्थीको संख्या ३६ हजार ३ सय २४ रहेको छ । अन्य देशको तुलनामा अष्ट्रेलिया जाने विद्यार्थीको संख्या करिब ७० प्रतिशत बढी रहेको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रकाशित मिति: ३ श्रावण २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्