भाेजपुरमा कर्मचारी संगठन विजयी


 


nepal nijamatiभाेजपुर, जेठ २०

निजामती कर्मचारी संगठनको ट्रेड युनियन निर्वाचनमा भोजपुरमा एमाले निकट कर्मचारी सङ्गठन विजयी बनेकाे छ । संगठनले १७६, काँग्रेस निकट नेपाल कर्मचारी सङ्घले ६४, माओवादी निकट राष्ट्रिय कर्मचारी सङ्गठनले ३३ र स्वतन्त्र कर्मचारी मिलन केन्द्रले ४३ मत ल्याएको छ । देशैभर नेपाल निजामती कर्मचारी संगठन पहिलो भएको छ।

गएराति सकिएको मतगणना अनुसार एमाले समर्थित कर्मचारी संगठनले विभाग र जिल्ला गरी ८० वटामा जित हात पार्दै पहिलो भएको हो। यो सँगै एमाले समर्थित कर्मचारी संगठनले ट्रेड युनियनमा अध्यक्ष र कोषाध्यक्ष पाउने पक्का भएको छ।

कांग्रेस समर्थित कर्मचारी युनियन (संघ) भने विभाग र जिल्ला गरी २७ वटामा जित हात पार्दै दोस्रो भएको छ। यस्तै मधेसी दल निकट कर्मचारी संगठन नेपाल मधेसी निजामती कर्मचारी मञ्चले ७ वटामा जित हात पार्दै तेस्रो तथा दुई जित हात पारेको नेकपा माओवादी समर्थित नेपाल राष्ट्रिय कर्मचारी संगठन चौथो भएको छ।

चुनावमा पहिलो स्थानमा रहने संगठनले अध्यक्ष र कोषाध्यक्ष, दोस्रो हुनेले महासचिव, तेस्रो हुनेले उपाध्यक्ष र चौथो हुनेले सचिव पाउने व्यवस्था छ। निर्वाचनका लागि कांग्रेस एमाले, माओवादी केन्द्र, मधेसवादी दल लगायतका दल समर्थित सात कर्मचारी संगठनले निर्वाचनमा उम्मेदवारी दर्ता गराएका थिए। एक सय १७ निकायमा १ सय २९ मतदान केन्द्रमा निर्वाचन भएको थियो भने निर्वाचनमा करिब ८५ प्रतिशत मत खसेको थियो।

प्रकाशित मिति: २० जेष्ठ २०७३, बिहिबार

प्रतिक्रिया दिनुहोस्