साफ यू–१५ को पहिलो खेलमै नेपालले भारतसँग खेल्ने



काठमाडौं, साउन १४

साफ यू–१५ च्याम्पियनसिपको खेल तालिका सार्वजनिक भएको छ । भारतमा अगष्ट २१ देखि सुरु हुने च्यािम्पयनसिपको खेल तालिका आज सार्वजनिक भएको हो । नेपाल र भारतबीचको खेल अगष्ट २१ मा कल्याणी रंगशालामा हुनेछ ।

यस्तै नेपालले दोस्रो खेलमा श्रीलंकासँग अगष्ट २३, तेस्रो खेलमा बंगलादेशसँग अगष्ट २७ र अन्तिम खेलमा भुटानसँग अगष्ट २९ मा खेल्नेछ । पाँच टिम रहेको प्रतियोगिताको शीर्ष २ टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ ।

गत संस्करणको प्रतियोगिता नेपालले आयोजना गरेको थियो । बंगलादेशले उपाधि जितेको उक्त प्रतियोगितामा नेपाल चौंथो भएको थियो ।

प्रतिक्रिया दिनुहोस्
सामजिक संजालमा हामी
सूचना विभाग, दर्ता प्रमाणपत्र नं. ३८६/०७३-७४
सम्पर्क
देशको मिडिया प्रा.लि. काठमाडौँ, नेपाल इमेलः [email protected]
फोन : ०१-४१०७६६६
           
प्रकाशक / सम्पादक :ध्रुव सुवेदी
     
           
facebook
© 2019 Deshko News