एसएलसी उत्तिर्ण विद्यार्थीलार्इ सम्मान


 


sammman jayani raiकाठमाडौ, असार १९

नेकपा (एमाले)भोजपुर काठमाडौं संपर्क मंचले एसएलसीमा सफलता प्राप्त गर्ने बिद्यार्थीहरुलाई सम्मान गरेको छ। शनिबार काठमाडौमा आयोजित एक कार्यक्रममा मंचले भोजपुरका बिद्यालयमा अध्ययन गरेका र काठमाडौमा अाई बसोबास गरी एसएलसीमा सफलता प्राप्त गरेका बिद्यार्थी भाई बहिनीहरुलाई अध्ययनमा अरु प्रोत्साहन गर्ने उद्धेश्यले यो सम्मान कार्यक्रमको आयोजना गरेको हो।

ब्यबस्थापिका सांसद जयन्ती राईले प्रमुख अतिथीको आतिथ्यता ग्रहण गर्दै कार्यक्रमको उदघाटन गर्नुभएको थियो। कार्यक्रमलाई संक्षिप्त रुपमा संबोधनको क्रममा राष्ट्रपतिका अर्थ सल्लाहकार धनहर्क राईले ब्यबस्थापीका संसदले माध्यमीक र उच्च माध्यमीक शिक्षा सम्बन्धी नयाँ ब्यबस्थाको कानून पास गरिसकेकोले अब नेपालको शिक्षा आत्मनिर्भर र रोजगारमूलक बन्नेतर्फ अग्रसर हुने विश्वाश जनाउनुभयो।

वहाँँले शिक्षामा नयाँँ ब्यबस्थाले नेपाली युवाको बिदेश पलायनलाई क्रमश: घटाउदै जाने आशा ब्यक्त गर्नुभयो। प्रमुख अतिथिको आसनबाट सांसद जयन्ती राईले लगायतका उच्च ग्रेड ल्याउनेमा महिला विद्यार्थीको संख्या उल्लेखनीय रहेकोमा खु:सी ब्यक्त गर्दै खुल्ला बिश्वबिद्यालयको ब्यबस्थाले बिबिध कारणले बिचमा पढ्न छुटेकाले पन: आफ्नो पढाई पुरा गर्न पाउने अवस्था आउनु धेरै राम्रो भएको मन्तब्य ब्यक्त गर्नुभयो।

सम्मान कार्यक्रमलाई नेकपा एमाले बैकल्पीक केन्द्रिय सदस्य हरि राई, भोजपुरे सेवा समाजका अध्यक्ष पासाङ् दोर्ची शेर्पा, एमाले नेता नन्द राई लगायत बक्ताले संबोधन गर्नुभएको थियो। मंचका अध्यक्ष रेजिन श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा मंचकै कार्यकारी सदस्य दिलिप राईले स्वागत मन्तब्य राख्नुभएको थियो।

प्रकाशित मिति: १९ असार २०७३, आइतबार

प्रतिक्रिया दिनुहोस्