सरकारकै कारण देशमा भ्रष्टाचार बढ्यो : नेता सिंह


 


काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सरकारकै कारण देशमा भ्रष्टाचार बढेको आरोप लगाएका छन्। सरकारको अलोकप्रिय कदमकै कारण यसले नागरिकको भरोसा गुमाउँदै गएको दाबी पनि उनको छ।

नेपाल महिला संघकी संस्थापक अध्यक्ष एवं आमा मंगलादेवी सिंहको २३ औं स्मृति दिवसको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा नेता सिंहले यस्तो बताएका हुन्।

‘भ्रष्टाचार हुन दिन्नौं भनेर सरकारले भने पनि सरकारकै कारण दिनदिनै ठुल्ठूला भ्रष्टाचारका घटना बाहिर आइरहेका छन्’, उनले भने, ‘यसबाट सरकारप्रति नागरिकको भरोसा गुम्दै गइरहेको छ।’

सरकारप्रति नागरिकहरुको विश्वास गुम्दै जानु मुलुक, लोकतन्त्र र स्वयं राजनीतिक दलका लागि सोचनीय विषय भएको उनको भनाइ छ। यसको परिणाम दुभाग्यपूर्ण हुने भन्दै उनले सतर्क रहन नेता तथा कार्यकर्तालाई आग्रहसमेत गरे।

प्रकाशित मिति: १० भाद्र २०७६, मंगलबार

प्रतिक्रिया दिनुहोस्