पृथ्वीतर्फ तीव्र गतिमा आउँदै विशाल चट्टान, यस्तो छ खतरा


 


एजेन्सी । पृथ्वीतर्फ एक क्षुद्रग्रह अर्थात् ढुंगाको ठूलो टुक्रा आइरहेको वैज्ञानिकहरुले दावी गरेका छन् । यो पृथ्वीका लागि सबैभन्दा खतरा हुनसक्ने अनुमान गरिएको छ ।

एस्टेराइडको नाम २००० क्यूडव्यूसेभेन नाम दिइएको छ । यो क्षुद्रग्रह पृथ्वीतर्फ अगाडि बढेको छ । यो पृथ्वीमा ठोक्किएमा संसारभर अहिलेसम्मकै ठूलो क्षति हुनसक्ने अनुमान गरिएको छ ।

अमेरिकी अन्तरिक्ष संस्था नासाले सिड्नी हार्बर ब्रिजको लम्बाई बराबरको यो क्षुद्रग्रह २३ हजार १०० किलोमिटर प्रतिघन्टाका दरले सेप्टेम्बर १४ को आसपास पृथ्वीको सतह नजिकैबाट अगाडि बढ्ने अनुमान गरेका छन् ।

नासाले पृथ्वी नजिकैबाट समेत आउने सक्ने भन्दै चेतावनी जारी गरेको छ । सम्भावना कम भए पनि आउन सक्ने अनुमान भने गरिएको छ । एस्टेराइड पृथ्वीले जस्तै सूर्यको परिक्रमा गर्छ । यसअघि पनि यस्तै तर साना टुक्रा सन् २००० र सन् २००६ मा पनि पृथ्वीको सतह नजिकैबाट अगाडि बढेको थियो । ३० मिटर ढुंगा भएको यो एस्टेराइड जुलाई र अगष्ट महिनामा नासाको सेन्टरबाट देखिन थालेको छ । पृथ्वीतर्फ मोडिने अवस्थामा यो चिन्ताको व्यवस्था हुने वैज्ञानिकहरुले बताएका छन् ।

ब्रह्माण्डमा धेरै उल्कापिण्ड, धूमकेतु र क्षुद्रग्रह तैरिरहेका हुन्छन् । यी अनियन्त्रित भएर कुनै पनि क्षेत्रमा जान सक्ने अनुमान गरिन्छ । त्यस्तो अवस्थामा पृथ्वीमा ठोक्किएको अवस्थामा संसारभर नै त्यसको असर पर्नसक्ने भन्दै वैज्ञानिकले चिन्ता व्यक्त गरेका छन् ।

सन् १९०८ मा साइबेरियाको टुंगुस्कामा एक क्षुद्रग्रह ठोक्कियो । तर उक्त क्षुद्रग्रह पृथ्वीको सतहमा ठोक्किनै लाग्दा समाप्त भयो । ८ करोडभन्दा धेरै रुखहरु त्यसको आगोबाट ध्वस्त भएका थिए ।

प्रकाशित मिति: ११ भाद्र २०७६, बुधबार

प्रतिक्रिया दिनुहोस्