मोतीराम भट्टको १५४ औं जन्म जयन्ती आज विभिन्न कार्यक्रम गरेर मनाइँदै


 


काठमाण्डौँ, भदौँ १३

युवाकवि मोतीराम भट्टको १५४ औं जन्म जयन्ती विभिन्न कार्यक्रम आयोजना गरेर आज मनाइँदैछ । साहित्यकार तथा साहित्यिक प्रतिष्ठानहरूले उनको व्यक्तित्व तथा कृतित्वमाथि विश्लेषण गर्दै जन्मजयन्ती मनाउँदै छन् ।

राष्ट्रिय विभूतिसमेत रहेका भट्टको १ सय ५३ वर्ष पहिले वि।सं। १९२३ भाद्र कृष्ण औंसी अर्थात् कुशे औंसीकै दिन जन्म भएको थियो । नेपाली गजलका महानायक मानिएका भट्टको कथा, नाटक, निबन्धमा पनि कलम त्यत्तिकै बलियो चलेको थियो । कुशेऔंसीका दिन जन्मेका उनको १९५३ सालको कुशेऔंसीका दिन ३० वर्षको अल्पायुमै निधन भएको थियो ।

श्रृंगार रसलाई केन्द्रबिन्दुमा राखेर उनले गजल रचना गरेका थिए ।युवाकवि भट्टले आदिकवि भानुभक्तको जीवनी पहिलोपटक प्रकाशनमा ल्याएका थिए । उनको साहित्य रचना मात्र नभई पत्रकारितामा पनि हात चलेको पुराना साहित्यकारहरू बताउँछन् ।

प्रकाशित मिति: १३ भाद्र २०७६, शुक्रबार

प्रतिक्रिया दिनुहोस्